खेल

‘वार्नरमाथि ब्रोड हाबी’

लन्डन (एएफपी) – अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याङ्गरले  एसेस शृंखलामा ओपनर डेविड वार्नरमाथि इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्रोड हाबी भएको बताएका छन्।

वार्नरले पाँच टेस्टको १० इनिङमा उल्लेख्य रन जोड्न सकेनन्। जहाँ उनले शृंखला अवधिभर ९५ रन मात्र जोडे। १० मध्ये ७ इनिङमा वार्नर ब्रोडको सिकार भएका थिए। वार्नरले यसेै टेस्टमार्फत १ वर्षे प्रतिबन्धपछि अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा पुनरागमन गरेका थिए।

‘कुनै पनि खेलमा खेलपछि मात्र उत्कृष्ट को हो भन्न सकिन्छ। त्यसैले खेलअघि नै यो खेलाडी उत्कृष्ट, त्यो खेलाडी उत्कृष्ट भनेर तोक्न मिल्दैन,’ ल्याङ्गरले भने।
शृंखला  २–२ को बराबरी गरे पनि अस्ट्रेलियाले एसेसमाथि पुनः कब्जा जमाएको थियो।

‘वार्नरले यसै शृंंखलामार्फ टेस्ट क्रिकेटमा पुनरागमन गरे, त्यो सुखद पक्ष हो,’ ल्याङ्गरले भने, ‘उनले रणनीतिअनुसारको प्रदर्शन गर्न सकेनन्। यद्यपि वार्नर अझै पनि अस्ट्रेलियन टोलीका महत्वपूर्ण सदस्य हुन्।’

प्रकाशित: २ आश्विन २०७६ ०३:४१ बिहीबार

टेस्ट_क्रिकेट खेल