खेल

डिफेन्डिङ च्याम्पियन लिभरपूल पराजित, बार्सिलोना रोकियो

नागरिक– डिफेन्डिङ च्याम्पियन लिभरपूल युरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा पराजित भएको छ। गएराति सम्पन्न खेलमा इंलिस क्लव लिभरपूल इटालियन क्लब नापोलीसँग पराजित २–० गोल अन्तरले पराजित भएको हो। 

लिभरपूलले दुवै गोल दोस्रो हाफको अन्तिम १० मिनेटमा खाएको थिायो। नापोलीका लागि द्रिस मर्तेन्सले ८२ औ मिनेटमा पेनाल्टी मार्फत र फेर्नान्डो लोरेन्तेले अतिरिक्त समयमा गोल गरे। 

समूह ई अन्तर्गत अर्को खेलमा भने अष्ट्रियन कल्ब रेडबूलले बेल्जियम क्लब जेन्कलाई ६–२ को विसाल गोल अन्तरले पराजित गर्यो। रेडबूलका लागि हलान्डले ह्याट्रिक पुरा गरे। 

बाार्सिलोना रोकियो

लियोनल मेसिले पुनारागमन गरेको खेलमा स्पेनिस जाइन्ट बार्सिलोना गोल रहित बराबरीमा रोकिएको छ। बार्सिलोनाले अवे मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग अंक बाँढेको हो। यद्यपी खेल अवधिभर बार्सिलोनालाई डर्टमण्डले दबाबमा राखेको थियो।

खेलमा डर्टमुण्डले पाएको पेनाल्टीलाई बार्सिलोनाका भरपर्दा गोलकिपर मार्क–आन्द्रे टेरले बिफल पारिदिए। ५७ औं मिनेटमा पाएको पेनाल्टीलाई मार्को रुइसले प्रहार गरेका थिए। समुह एफको अर्को खेलमा स्लाभिया र इन्टर मिलान पनि गोल रहित बराबरीमा रोकिएका छन्। 
 
चेल्सी पनि पराजित

पूर्व कम्तान फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीले पनि हारबाट च्याम्पियन्स लिगको सुरुवाती गरेको छ। खेल अबधिभर बललाई आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न नसक्दा इंलिस क्लव चेल्सी स्पेनिस क्लाब भ्यालेन्सियासंग १–० ले स्तब्ध भएको हो।

भ्यालेन्सियाका लागि ७४ औँ मिनेटमा राड्रिगोले गरेका हुन्। रोस बार्क्लीले प्राप्त पेनाल्टी गोलमा परिणत गर्न नसक्दा चेल्सीले खेलमा फर्किने अवसर खेर फालेको थियो। समुह एचको अर्को खेलमा आयाक्सले लिलेलाई ४–० को हार चखायो।

खेलका नतिजा

समुह ‘एच
चेल्सि ०–१ भ्यालेन्सिया
आयाक्स ४–० लिले 

समुह ‘जि’
बेनिफिका १–२ लेइपजिङ
लियोन १–१ जेनिथ

समुह ‘एफ’
डर्टमण्ड ०–० बार्सिलोना 
इन्टर ०–० स्लाभिया

समुह ‘इ’
नापोलि २–० लिभरपूल
साल्जबर्ग ६–२जेन्क

प्रकाशित: १ आश्विन २०७६ ०६:०८ बुधबार

युरोपियन_च्याम्पियन्स_लिग लिभरपूल बार्सिलोना नापोली