खेल

कराते खेलाडी दम्पतीलाई बिदाइ

दोलखा– असोज २ गतेबाट मलेसियामा हुने गोजिरियो कराते डोको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोलखाका दम्पती खेलाडीलाई सोमबार बिदाइ गरिएको छ। 

नेपालको प्रतिनिधित्व गर्दै गोजुरियो करातेको प्रतियोगितामा सहभागी हुन जान लागेका दोलखाका सुरज तामाङ र उनकी पत्नी नीता तामाङलाई सोमबार सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले बिदाइ गरे।

सुरज दम्पतीसहित नेपालबाट २१ जना उक्त प्रतियोगितामा सहभागी हुन मलेसिया जाँदै छन्। सुरज गोजिरियो कराते डोका दोलखा जिल्ला प्रमुख प्रशिक्षक हुन् भने उनकी पत्नी नीता पनि प्रशिक्षक छिन्।

उनीहरू दुवैलाई सोमबार मेयर केसीले सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हीरा थोकरसहित खेलक्षेत्रका विभिन्न व्यक्तिहरूले सुरज दम्पतीलाई बिदाइ गरेका थिए। 

 

प्रकाशित: ३१ भाद्र २०७६ ०५:५८ मंगलबार

गोजिरियो_कराते_डोको बिदाइ अन्तर्राष्ट्रिय_प्रतियोगिता