खेल

टिआइए र पञ्चकन्याले सेमिफाइनल खेल्ने

काठमाडौं – टिआइए र पञ्चकन्या स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

शनिबार भएको क्वार्टरफाइनलमा टिआइएले ध्रुवतारा स्कुललाई टाइबे्रकरमा ५–४ गोलले हराउँदै सेमिफाइनल प्रवेश गर्दा पञ्चकन्याले पनि सेन्ट जेभियर्सलाई टाइब्रेकरमै ५–४ गोलअन्तरले हराउँदै आपसमा भेट पक्का गरेका हुन्।

बालविकास बोर्डिङ मावि (बिबिबिएचएस) को आयोजनामा सञ्चालित प्रतियोगितामा कुल २४ छात्र टोलीको सहभागिता छ।

प्रकाशित: २९ भाद्र २०७६ ०२:१४ आइतबार

पञ्चकन्या_स्कुल सेमिफाइनल