खेल

मेयर कपमा क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं – दोस्रो चन्द्रागिरी मेयर कप फुलकन्ट्याक्ट कराते प्रतियोगितामा क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको महिला ५० केजी तौल समूहमा मन्दिरा कार्की, रेखा जिम्बा, रोशनी गोतामे, नविता घलान, पूर्णिमा श्रेष्ठ, रूपा मगर र रोशनी मगरले स्थान बनाए। पुरुष ५० केजीमा मिलन शाही, बिक्की गुप्ता, लाप्साङ शेर्पा, नारायणलाल मोक्तान, उत्तमलाल वाइबा र निराजन शाहीले अन्तिम आठमा स्थान बनाएका छन्।

यी बाहेक अन्य सातै तौल समूहको क्वार्टरफाइनल समीकरण पूरा भएको नेपाल शिन क्योकुशिन कराते संघ गुर्जुधारा डोजोका अध्यक्ष विक्रम नकर्मीले जानकारी दिए। प्रतियोगितामा पाँच पुरुष र दुई महिला गरी कुल सात तौल समूहमा प्रतिस्पर्धा भएको छ।

प्रतियोगितामा सातै प्रदेशका २२ जिल्लाका सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।  हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

 

प्रकाशित: २८ भाद्र २०७६ ०४:२६ शनिबार

चन्द्रागिरी_मेयर_कप क्वार्टरफाइन