खेल

नेपाल नदेज्दा कपकाे उपविजेता, सावित्रा सर्वाधिक गोलकर्ता

काठमाडाैं- नेपाल किर्गिस्तानमा जारी नदेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ। बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो।

मध्यान्तर अघिको खेलमा उज्वेकिस्तानले १–० गालेको अग्रता लिएको थियो। उज्वेकिस्तानले खेलको ३९औँ मिनेटमा पहिलो गोल गरेको थियो। मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप दुई गोल गरेको हो।

उज्वेकिस्तानले खेलको ५४औँ तथा ६४औँ मिनेटमा गोल गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले खेलको ६७औँ तथा ९०औँ मिनेटमा गोल गरेकी थिइन्।

उक्त प्रतियोगितामा सावित्रा सर्वाधिक गोलकर्ता बनिन्। उनले प्रतियोगिता भर सात गोल गरिन्। उनले पहिलो खेलमा किर्गिस्तानसँग ह्याट्रिकसहित चार गोल, दोस्रो खेलमा ताजकिस्तानविरुद्ध एक तथा आजको फाइनल खेलमा दुई गोल गरेकी थिइन्।

प्रकाशित: २६ भाद्र २०७६ १६:४४ बिहीबार

नदेज्दा_कप नेपाल उपविजेता सावित्रा_भण्डारी सर्वाधिक_गोलकर्ता