खेल

जर्मनीको सम्भावना बलियो

पेरिस – नर्दन आयरल्यान्डमाथि २–० को जितसँगै जर्मनीले सोमबार युरोपेली छनोट २०२० मा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ। समूह ‘सी’ अन्तर्गतको खेलमा शीर्ष  स्थानमा नर्दन आयरल्यान्डमाथि जित हात पारेसँगै जर्मनी शीर्ष स्थानमा समेत फर्किएको छ। यसअघि गत साता सम्पन्न खेलमा जर्मनी नेदरल्यान्ड्ससँग ४–२ ले पराजित भएको थियो।

समूह ‘सी’ मा जर्मनी ५ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा उक्लिँदा नर्दन आयरल्यान्ड समान १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ। ४ खेलमा ९ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।

४८औं मिनेटमा मार्सेल हाल्सटेनबर्गको गोलमा जर्मनी खेलमा अघि बढेको थियो। खेलको अन्तिम मिनेटमा सर्जी ग्नाब्रेले जर्मनीको अग्रता दोब्बर पारेका थिए। सोमबारै भएको समूह ‘सी’ को अर्को खेलमा उत्कृष्ट लयमा रहेको नेदरल्यान्ड्सले इस्टोनियालाई ४–० ले हरायो।

खेलको सातांै मिनेटमा रायन बाबेलले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। ४८औं मिनेटमा बाबेलले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे। खेलको अन्तिम १४ मिनेटमा थप २ गोल थप्दै नेदरल्यान्ड्सले सहज जित पक्का गरेको हो।

७६आंै मिनेटमा मेम्फेस डिपेले नेदरल्यान्ड्सका लागि तेस्रो गोल गरेका थिए भने खेल सकिन ३ मिनेट बाँकी हुँदा जर्जिन्नो विज्नाल्डमले नेदरल्यान्ड्सको अग्रता ४–० मा पु¥याएका थिए।

यता बेल्जियमले जित यात्रालाई छैटौं खेलसम्म निरन्तरता दिएको छ। समूह ‘आई’ मा बेल्जियमले स्कटल्यान्डलाई ४–० ले हराएको हो। बेल्जियमको सहज जितमा रोमेलु लुकाकु, थोमस भर्मालेन,तोबे एन्डरबेलर्ड र केभिन डी ब्रुयनाले समान एक गोल गरेका थिए। यस जितपछि ६ खेलमा बेल्जियम १८ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेलमा १५ अंक जोडेको रूस दोस्रो स्थानमा छ।

‘यो विश्वस्तरीय पं्रदर्शन थिएन, तर हामीले आफ्नो तर्फबाट जे गर्न सक्थ्यौं त्यो ग¥यांै,’ बेल्जियमका कप्तान डी बु्रयनाले भने, ‘हाम्रो सुुरुआत कठिन थियो तर पहिलो गोल गरेपछि भने हामीले खेल पूर्ण रूपमा लियन्त्रणमा लियांै।’ ‘हामीलाई स्कटल्यान्डविरुद्धको जितपछि अघिल्लो चरणको संघारमा पुग्छौं भन्ने थाहा थियो। त्यसैले यो जित विशेष छ,’ उनले थपे। प्रत्येक समूहका शीर्ष २ टोली अर्को चरण प्रवेश गर्नेछन्। समूह ‘सी’ को अर्को खेलमा उत्कृष्ट लयमा रहेको नेदरल्यान्ड्सले इस्टोनियालाई ४–० ले हरायो।

प्रकाशित: २५ भाद्र २०७६ ०७:१८ बुधबार

नर्दन_आयरल्यान्ड युरोपेली_छनोट