खेल

नाइट फाइटमा रुचाल विजयी

काठमाडौं – थाइल्यान्डको मुवाथाई स्टेडियममा भएको प्रोफेसनल नाइट फाइटमा नेपालका गुणराज रुचालले जित हात पारेका छन्।

गुणराजले पुरुष ६० केजी तौलसमूहमा इटालीका गियानपिएरोलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्। गुणराज हाल नेपालमा मंसिरमा हुने एसियाली मुवाथाई च्याम्पियनसिपको तयारीका लागि थाइल्यान्डमा रहेको अध्यक्ष कक्षपतिले जानकारी गराए।

 

प्रकाशित: २५ भाद्र २०७६ ०७:०७ बुधबार

प्रोफेसनल_नाइट_फाइट मुवाथाई_स्टेडियम