खेल

चाइनिज ताइपेइविरुद्ध नेपाल विजयी

काठमाडौं– फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपालले ताइनिज ताइपेईविरुद्ध दुइ गोल गर्दै जित हासिल गरेको छ। मंगलबार ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलले जित हासिल गरेको हो।

नेपालको जितमा अन्जन विष्टले दुबै गोल गरेका थिए। खेलको चौथों मिनेटमा पहिलो गोल गरेका विष्टले ६२ औं मिनेटमा पनि अर्को गोल गरेका थिए।

समूह बी मा रहेको नेपालले दुई खेलबाट तीन अंक पुर्याएको छ। नेपालको यो पहिलो जित हो। यसअघि नेपालले कुवेतसँग ७ गोल खाएको थियो।

प्रकाशित: २४ भाद्र २०७६ १३:३५ मंगलबार

फिफा_विश्वकप नेपाल विजयी