खेल

किर्गिस्तानमाथि नेपालको फराकिलो जित, सावित्राको ह्याट्रिक

काठमाडौं– आयोजक किर्गिस्तानलाई ८–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले नादेझ्दा कप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ। 

नेपालको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन। उनी एक्लैले ४ गोल गरिन। अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले समान १÷१ गोल गरे। किर्गिस्तानका खेलाडीले दुई गोल फर्काए। 

आइतबार कै पहिलो खेलमा उज्बेकिस्तानले ताजिकिस्तानमाथि १२–० गोलको फराकिलो जित हात पार्यो। 

प्रतियोगितामा चार देशका टोली सहभागी छन्। नेपालले सोमबार उज्वेकिस्तान र मंगलबार ताजिकिस्तानसँग खेल्नेछ। 

प्रकाशित: २२ भाद्र २०७६ १२:१३ आइतबार

नादेझ्दा_कप फुटबल नेपाल किर्गिस्तान