खेल

रंगभेदी दुर्व्यवहारमा गम्भीर बन्न आग्रह

लन्डन – व्यावसायिक फुटबल खेलाडी (पिएफए) संघले खेलाडीमाथि पछिल्लो समय इङ्लिस प्रिमियर लिगमा भैरहेको रंगभेदी दुव्र्यवहार रोक्न समाजिक संजाल कम्पनीहरूले गम्भिर हुनपर्ने बताएको छ।

म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र मार्कुस रसफोर्ड तथा चेल्सीका ट्यामे अब्राहिम र कुर्ट जौमाथी समाजिक संजालमा रंगभेदी दुव्र्यवहार भएको थियो।

‘हामी ट्विटर,फेसबुक र इन्स्ट्राग्रामजस्ता समाजिक सञ्जाल कम्पनीहरूलाई शीर्ष खेलाडी, क्लब, प्रतियोगिताको आधिकारिक पेजमा हुने दुव्र्यवहारको निगरानी बढाउन आग्रह गर्न चाहान्छौ,’ पिएफएले भनेको छ, ‘दोषीमाथि कारबाही हुनुका साथैे त्यस्ता पोस्ट तुरुन्तै हटाइनुपर्छ।’

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायर र चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले पनि दोषीमाथि कडाभन्दा कडा कदम चाल्न आग्रह गरेका थिए।

 

प्रकाशित: २० भाद्र २०७६ ०४:२४ शुक्रबार

व्यावसायिक_फुटबल_खेलाडी दुर्व्यवहार