खेल

लापार्टेको शल्यक्रिया

लन्डन – घुँडाको शल्यक्रियाका कारण म्यानचेस्टर सिटीका एमरिक लापार्टे  करिब २ महिना मैदानबाहिर बस्ने भएका छन्।

यस सँगै फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यु गर्ने लापोर्टेको लक्ष्यसमेत केही पर धकेलिएको छ। सिटीले शनिबार ब्राइटनमाथि ४–० को जित हात पारेको खेलमा एडम वेभस्टरसँग जुध्दा लापोर्टे मैदानबाट बाहिरिएका थिए।

‘एमरिक लापोर्टेको घुँडाको शल्यक्रिया गरिएको छ,’ सिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लापोर्टे शनिबार ‘ब्राइटनमाथि ४–० को जित हात पारेको खेलमा एडम वेभस्टरसँग जुध्दा मैदानबाट बाहिरिएका थिए।

बार्सिलोनामा उनको  शल्यक्रिया भइसकेको छ। उनको बारेमा केही दिनमा थप जानकारी दिइनेछ। तर उनी कम्तीमा २ महिना मैदानबाहिर बस्ने निश्चित छ।’ लापोर्टे लामो समय मैदानबाहिर बस्दा भने सिटीका लागि महंगो बन्न सक्छ।

 

प्रकाशित: २० भाद्र २०७६ ०४:२३ शुक्रबार

शल्यक्रिया म्यानचेस्टर_सिटी