खेल

लिटिल एन्जल्सलाई अन्तरस्कुल फुटसल उपाधि

काठमाडौं – पाँचाैँ सुशील केडिया मेमोरियल अन्तरस्कुल फुटसल प्रतियोगिताको उपाधि लिटिल एन्जल्स स्कुलले जितेको छ।

डिएभी स्कुल मैदानमा भएको फाइनलमा बिहीबार लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।  लिटल एन्जल्सको जितका लागि सुशान्त गुरुङ र मुनाल थापाले  समान एक गोल गर्दा नेपाल पुलिसका समीर बमले १ गोल गरे।

३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यकाका १७ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताको सर्वाधिक गोलकर्ता अक्सिडेन्टल पब्लिक स्कुलका संकेत पराजुली रहे, जसले कुल ५ गोल गरे। प्रतियोगिताकै उत्कृस्ट गोलकिपर लिटिल एन्जल्सका आयुष आनन्द तथा उदीयमान खेलाडी नेपाल पुलिस स्कुलका समीर बम घोषित भए। यस्तै एडिफाई इन्टरनेसनल स्कुलले फेयर प्ले अवार्ड प्राप्त ग¥यो।

प्रकाशित: २० भाद्र २०७६ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App