खेल

फुटसल टोली घोषणा

काठमाडौं – कात्तिक पहिलो साता इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपालले २५ सदस्यीय प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले बिहीबार प्रारम्भिक टोली घोषणा गरेको हो। कमिटीले बन्द प्रशिक्षणमा रहेका ३७ खेलाडीबाट दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको हो। नेपाली टोलीलाई मुख्य प्रशिक्षक विष्णु गुरुङ र सहायक प्रशिक्षक गौरव बस्नेतले प्रारम्भिक चरणमा राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका आशिष लामा र विजय गुरुङलाई समावेश गर्दै टोलीको घोषणा गरेका हुन्।  छनोटअन्तर्गगत दक्षिण क्षेत्रमा रहेको नेपाल समूह ‘बी’ रहेको छ। नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्।

छनोटअन्तर्गत नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ। यस्तै नेपालले दोस्रो खेलमा चार पटकको उज्वेकिस्तानसँग कात्तिक ७ गते प्रतिस्पर्धा गर्दा अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्ने तालिका छ।  शीर्ष टोली फाइनल चरणमा छनोट हुनेछन्। फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुँदै छ।
 
 

प्रकाशित: २० भाद्र २०७६ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App