खेल

मल्लद्वारा नाम फिर्ता

काठमाडौं – अर्को महिना ओमानमा आयोजना हुने पाँच राष्ट्र सम्मिलित शृंखलामा नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन्।

व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले असोज १८ देखि २३ गतेसम्म आयोजना हुने ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाबाट आफ्नो नाम फिर्ता लिएका हुन्। नेपालसहित आयोजक ओमान, हङकङ, आयरल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने प्रतियोगिताअन्तर्गत नेपालले असोज १९ गते हङकङसँग खेल्दै शृंखलाको सुरुआत गर्दै छ। यस्तै असोज २० गते नेदरल्यान्ड्ससँग दोस्रो खेल, असोज २२ गते आयरल्यान्डसँग तेस्रो र असोज २३ गते आयोजक ओमानसँग चौथो खेल खेल्ने तालिका रहेको छ।

नेपाली क्रिकेट टोली हाल दक्षिण एसियाली खेलकुद (साग) का लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबारबाट तयारी थालेको छ। शृंखला नखेल्ने जनाएका मल्लले अभ्यास भने गरिरहेका छन्।

प्रकाशित: १८ भाद्र २०७६ ०६:३५ बुधबार

उपकप्तान_ज्ञानेन्द्र_मल्ल नेपाली_राष्ट्रिय_टोलीका