खेल

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

कास्की- नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ को आयोजनामा तीज महोत्सवका अवसरमा आयोजना गरिएको प्रतियोगिताको आज भएको फाइनल खेलमा विभागीय नेपाल पुलिसले हङ वाङगी न्यू—डाईमण्ड एकेडेमी काठमाडौँलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो। 

पुलिसले डाइमण्डलाई २५—१६, २५—१४ र २५—२० को सेटमा पराजित गरी दोस्रो पटक उपाधि जित्न सफल भई रु एक लाख १५५ पुरस्कार प्राप्त ग¥यो। त्यसैगरि उपविजेता बनेको डाइमण्डले रु ६५ हजार पाँच प्राप्त गरेको छ। प्रतियोगितामा छ टोलीको सहभागिता रहेको थियो। तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा घरेलु टोली गण्डकी प्रदेश तेस्रो भयो। गण्डकीले श्रीराम खेलकूद विकास समिति दाङलाई २५—१३, २५—२० र २५—१८ को सेटमा पराजित गरेको हो। तेस्रो भएको गण्डकीले रु २५ हजार पाँचका साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल पुलिसकी मनिसा चौधरी घोषित भइन्। त्यसैगरी प्रतियोगितामा पुलिसकी सुशीला थापा, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रोमा गण्डकी प्रदेशकी रश्मिता दुरा, उत्कृष्ट स्पाइकरमा पुलिसकी कोपिला उप्रेती, उत्कृष्ट सर्भरमा न्यू डाइमण्डकी झर्ना श्रेष्ठ, उत्कृष्ट क्वीकरमा गण्डकी प्रदेशकी पवित्रा सेन्चुरी, उत्कृष्ट ब्लकरमा पुलिसकी पुष्पा चौधरी घोषित भइन्। विजयी खेलाडीहरुलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल भलिबल सङ्घका उपाध्यक्ष यमबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए। 

सो अवसरमा मन्त्री विश्वकर्माले तल्लो तहबाटनै खेल क्षेत्रको विकास र समृद्धिका लागि वर्तमान सरकारले योजना बनाएको बताए। आगामी १३औँ दक्षिण एशियाली खेलूकदका सात खेल पोखरामा आयोजना हुने भएकाले बजेट अभाव हुन नदिई समयमै पूर्वाधार निर्माण गरिने उहाँले स्पष्ट पारे। रासस

प्रकाशित: १६ भाद्र २०७६ १६:१७ सोमबार

नेपाल_पुलिस_क्लब राष्ट्रिय_भलिबल