खेल

ब्याडमिन्टन टोली पुना जाँदै

काठमाडौं –  योनेक्स सनराइज इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना जाँदै छ।

सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषमा प्रिन्स दाहाल, देवराज राणा, पेम्बा शेर्पा र प्रियन्सु क्षत्री तथा महिलामा रञ्जना भट्ट, सीमा राजवंशी र नीता लम्साल छन्। खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन्।

प्रशिक्षकमा मेघराज कठायत तथा व्यवस्थापकमा जगतबहादुर धामी रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे। सो अवसरमा निमित्त सदस्य–सचिव गुरुङले टोलीलाई प्रोत्साहनस्वरूप १५ हजार भारु प्रदान गरेका थिए।

प्रकाशित: १० भाद्र २०७६ ०२:४१ मंगलबार

योनेक्स_सनराइज_इन्डिया ब्याडमिन्टन