खेल

इटहरीमा नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन हुने

काठमाडौं – खेलकुद महासंघको तŒवावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नवौं पुष्पलाल स्मृित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ ।

भदौ २४ देखि २८ गतेसम्म इटहरीस्थित रंगशालामा नवनिर्मित कभर्डहलमा आयोजना हुनेछ । प्रतियोगितामा पुरुषको शीर्ष १६ वरीयता, महिलामा १२ वरीयताले पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगलमा खेलाडीले खेल्ने पाउनेछन् । छात्र तथा छात्रा यु–१७ एकल तथा ४५ वर्षमाथि पुरुष भेट्रान्स युगल गरी १० स्वर्ण पदकका लागि करिब १ सय  ९० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

पुरुषतर्फ शीर्ष १६ वरीयता तथा महिलामा शीर्ष १२ वरीयतामा रहेका खेलाडीबीच एकल प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराएका छन् । वरीयताबाहेकले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल ५ लाख ५८ हजार रुपैयाँ लागत रहेको छ ।

प्रतियोगितामा शीर्ष वरीयताबीचको पुरुष तथा महिला एकलमा शीर्ष तीनले ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष एकल, महिला एकल तथा युगलका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । छात्र तथा छात्रा एकलका विजयी शीर्ष तीनले नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गर्नेछन् । लगातार तीन पटक एकलमा उपाधि हात पार्ने खेलाडीलाई संघले मोटरसाइकल प्रदान गर्नेछ ।

 

प्रकाशित: ९ भाद्र २०७६ ०२:४५ सोमबार

खेलकुद_महासंघ राष्ट्रिय_ब्याडमिन्टन_संघ ब्याडमिन्टन