खेल

भ्याली पब्लिक र न्यु समिटको विजयी सुरुआत

काठमाडौं  –  भ्याली पब्लिक र न्यु समिटले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेका छन्।

भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्ड ‘बी’ लाई ४१–३५ ले पराजित ग¥यो। भ्याली पब्लिकका सक्रिय अधिकारीले १८ अंक जोडे। न्यु समिटले ग्रिनफिल्डलाई ३३–३० ले हरायो। न्यु समिटका सन्जोग महर्जनले ९ स्कोर गरे। सिनियर ब्वाइजमै बिएनएले हिमालयलाई ३३–२९ ले पाखा लगायो। बिएनएका हितेश गुरुङले ११ अंक जोडे।

जुनियर ब्वाइजमा एचएचसिएले दीपज्योतिलाई २१–१९, लालीगुराँसले लक्ष्मीपुरलाई २५–१६ र ग्रिनफिल्डले जुगललाई २०–१२ ले पन्छाए। एचएचसिएका दीपेश राईले ७, लालीगुराँसका दीपेश कार्कीले ९ र ग्रिनफिल्डका प्रशान्त बिसीले ५ अंक जोडे।

सिनियर गल्र्समा एचएचसिएले केभिकेएसएसलाई २६–१४ तथा हिमालयले प्रोलिफिकलाई २३–१९ ले पराजित गरे। एचएचसिएकी अनिता राईले १३ तथा हिमालयकी रेजिना गदालले ९ स्कोर गरे। प्रतियोगिताको प्याब्सन प्रदेश ३ का अध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे।

प्रकाशित: ५ भाद्र २०७६ ०४:०३ बिहीबार

भ्याली_पब्लिक न्यु_समिट विजयी