खेल

रिबेरी फियरोन्टिनामा

मिलान – फ्रान्सका विंगर फ्रांक रिबेरी इटालियन सिरी ए  क्लब फियोरेन्टिनामा अनुबन्धित हुने भएका छन्।

रिबेरी मंगलबार स्वास्थ्य परीक्षणका अन्य प्रक्रिया पूरा गर्न इटाली आइपुगेका हुन्। रिबेरीले यसै सिजन बुन्डेसलिगा विजेता बायर्न म्युनिख छाडेका थिए। १२ सिजनबाट खेलेका रिबेरीले कुल २३ उपाधि जितेका थिए। क्लबले सबै प्रक्रिया पूरा गरी रिबेरीलाई औपचारिक रूपमा बिहीबार मात्र सार्वजनिक गर्ने बताएको छ।

फियोरेन्टिनाले रिबेरीलाई २ सिजनका लागि बोनससहित ४.५ मिलियन युरोमा अनुबन्धित गरेको बताइएको छ। रिबेरी २००७ मा मार्सेलीबाट बायर्न आएका थिए। यसअघि नउले टर्किस क्लब गालातासारे र फ्रेन्च क्लब मेट्ज एवं ब्रिस्टबाट खेलिसकेका छन्।

फियोरेन्टिनाका खेलकुद निर्देशक डेयानेली प्राडेले गत साता रिबेरीलाई अनुबन्धित गर्ने तयारी भइरहेको खुलासा गरेका थिए। फियोरेन्टिनाले गत सिजन १६आंैै स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। फियोरेन्टिनाले शनिबार घरेलु मैदानमा नेपोलीविरुद्धको खेलसँगै नयाँ सिजनको सुरुआत गर्नेछ।

 

प्रकाशित: ५ भाद्र २०७६ ०३:५१ बिहीबार

रिबेरी रिबेरी_इटालियन