खेल

जापाकोस्टा लोनबाट रोमामा

लन्डन – चेल्सीका डिफेन्डर डेविडे जापाकोस्टा एक सिजनका लागि इटालियन क्लबमा रोमामा गएका छन्। २७ वर्षे इटालीका अन्तर्राष्ट्रिय जापाकोस्टा एक सिजनका लागि रोमामा लोनमा गएका हुन्। त्यसका लागि उनी मंगलबार नै रोम पुगिसकेका छन्। जापाकोस्टा चार वर्षका लागि इटालियन क्लब टोरिनोबाट चेल्सीमा आबद्ध भएका हुन्। उनलाई चेल्सीले सन् २०१७ मा २३ मिलियनमा पाउन्डमा आफ्नो बनाएको थियो।

यद्यपि, लामो समयदेखि चेल्सीमा रहे पनि उनले २२ पटक मात्र खेल्ने अवसर पाएका छन्। उनले सन् २०१८–१९ को सिजनमा चार पटक मात्र चेल्सीबाट खेलेका छन्।  चेल्सीका प्रशिक्षकको मन जित्न असफल भएपछि उनले अधिकांश खेलमामैदानबाहिर नै बिताएका छन्।

यता, पछिल्लो समयमा चेल्सीले धेरै डिफेन्डरलाई गुमाएको छ। डिफेन्डरद्वय डेविड लुइज र ग्यारी काहिलले पनि यसै समरमा स्टामफोर्ड क्लब चेल्सी छोडिसकेका छन्।
ब्राजिलियन डिफेन्डर लुइज अर्काे इङ्लिस क्लब आर्सनल र काहिल पनि इङ्लिस क्लब क्रिस्टल प्यालेस गइसकेका छन्।
 
 

प्रकाशित: ५ भाद्र २०७६ ०३:४१ बिहीबार

डेविडे_जापाकोस्टा इटालियन_क्लब