खेल

लाम्पार्डसँग टाढा भाग्दै जित

लन्डन – चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डलाई इङ्लिस प्रिमियर लिगमा जितको पहिलो स्वाद चाख्नका लागि अझै केही समय कुर्नुपर्ने भएको छ। आइतबार भएको प्रिमियर लिग खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको हो। यसअघि गत साता चेल्सी सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले निराश भएको थियो भने बुधबार युएइफए सुपर कपमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ को नतिजा सुम्पिएको थियो।

खेलको सातौं मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा अघि बढाएका थिए। तर ६७औं मिनेटमा वेल्फर्ड एनडिडीले बललाई जाली चुमाउँदै लेस्टरलाई खेलमा फर्काएका थिए।

टोली प्रशिक्षण सम्हालेयता घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा लाम्पार्डको यो पहिलो खेल थियो। यद्यपि चेल्सीका सर्वकालीन गोलकर्ता लाम्पार्डले प्रिमियर लिगका लगातार सुरुआत दुई खेल गुमाउने प्रशिक्षक हुनबाट बने जोगिएका छन्। २१ वर्षअघि जियानलुका भायालीको प्रशिक्षणमा चेल्सीले सिजनको सुरुआती दुई खेल गुमाएको थियो। तर चेल्सीबाट १३ वर्ष व्यावसायिक खेलजीवन बिताउँदै तीन पटक प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका लाम्पार्डसामु प्रशिक्षकका रूपमा शाही सफलता दोहो¥याउन क्लबको प्रदर्शनमा धेरै सुधार आवश्यक रहने भन्ने प्रस्ट भएको छ।

खेलको पहिलो मिनेटमै चेल्सीले अग्रता लिने सुनौलो अवसर पाएको थियो। तर ओभिलर जिरौडको पासमा पेड्रोले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। त्यसलगत्तै लेस्टरका  गोलकिपर कास्पर स्चेमेलले गोल माउन्ट र क्रिस्टियन पुलिसिचको प्रहार रोक्दै चेल्सीलाई निराश पारेका थिए।
‘खेलको सुरुआती २५ मिनेटमा हामी पूर्ण रुपमा हाबी थियांै। खेलअवधिभर त्यही प्रदर्शन कायम राख्ने रणनीति हुँदाहँुदै पनि हामीले क्रमशः खेलमा आफ्नो नियन्त्रण गुमाउँदै गयांै,’ लाम्पार्डले भने, ‘यो निराशाजनक प्रदर्शन हो। खेलको सुरुआतमा राम्रो प्रदर्शन ग¥यांै भन्दै हामीले छुट पाउँदैनांै। स्वाभाविक प्रदर्शन कायम राख्न नसक्नु कमजोरी हो।’

लाम्पार्ड  अर्को साता नर्विचविरुद्धको खेलमा सुखद नतिजाका साथ जितको स्वाद चाख्ने दाउमा छन्। तर दोस्रो श्रेणीको टोलीलाई प्रशिक्षण दिएको मात्र एक वर्ष अनुभवका कारण पनि उच्च अपेक्षा राखेको चेल्सीलाई सफलता चुमाउनु लाम्पार्डका लागि सहज भने छैन।

सरुवा बजारमा प्रतिबन्धका कारण नयाँ सिजन कुनै खेलाडी अनुबन्धन गर्न नपाएको चेल्सीका इडेन हाजार्ड रियाल मड्रिड गएका थिए भने रक्षक डेविड लुइस पनि आर्सनलमा अनुबन्धन भएका थिए।

हामीले  म्यानचेस्टर युनाइटेडजस्तो कठिन प्रतिद्वन्द्वीविरुद्धको खेलसँगै सिजनको सुरुआत ग¥यौं, जुन खेल हामीले गुमायांै। साथै सुपर कपमा पनि हामी लिभरपुलसँग निराश भयौं,’ लाम्पार्डले भने, ‘आज लेस्टरविरुद्ध भन्दा हाम्रो खेल युनाइटेड र लिभरपुलविरुद्ध उत्कृष्ट थियो। कुनै पनि नयाँ प्रशिक्षक क्लबमा आउना साथ टोलीले सुखद सुरुआत गर्छ भन्ने छैन। टोलीलाई क्रमिक सुधार गर्दै लैजाने हो।’ ‘यो मेरै क्लब हो। जहाँ मैले लामो समय खेलेको छु। म केही निराश छु,’ लाम्पार्डले थपे, ‘तर म समर्थकलाई धन्यवाद दिन चाहन्छु।’

प्रकाशित: ३ भाद्र २०७६ ०२:३४ मंगलबार

प्रशिक्षक इङ्लिस_प्रिमियर_लिग जित