खेल

पौडी टोली हंगेरी प्रस्थान

काठमाडौं – सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ।

अगस्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।  पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल तथा महिलामा टिसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाउने छन्।  प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

प्रकाशित: १ भाद्र २०७६ ०७:०५ आइतबार

प्रतियोगिता खेलाडी