खेल

ग्रिनल्यान्ड, स्वप्नवाटिका र विल्सन च्याम्पियन

काठमाडौं – ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन एकेडेमी आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।  

ग्रिनल्यान्ड सिनियर ब्वाइज, स्वप्न वाटिका जुनियर ब्वाइज र विल्सन सिनियर गल्र्समा च्याम्पियन भएका हुन्।  सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले रेडिअन्टलाई ६२–५५ ले पराजित ग¥यो।  ग्रिनल्यान्डका राजीव आले मगरले २६ अंक जोडे।  जुनियर ब्वाइजमा स्वप्न वाटिकाले रेडिअन्टलाई नै २१–२० को झीनो अन्तरले हरायो।  स्वप्न वाटिकाका अश्विक केसीले १० स्कोर गरे।  सिनियर गल्र्समा विल्सनले सिद्धार्थ वनस्थलीमाथि ३१–२४ को जित दर्ता ग¥यो।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका राजीव आले मगर, जुनियर ब्वाइजमा स्वप्न वाटिकाका अर्पण राई र सिनियर गल्र्समा विल्सनकी विना श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।  सिनियर ब्वाइजमा रेडिअन्टका उपेन्द्र बस्नेत (१०५ अंक), जुनियर ब्वाइजमा रेडिअन्टकै शिव शाह (५५ अंक) र सिनियर गल्र्समा यशुश्री गुप्ता (६७ अंक) सर्वाधिक स्कोरकर्ता बने।  

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, आयोजक ग्रिनफिल्डका निर्देशक खिबराज शर्मा, ग्रिनफिल्डका प्रिन्सिपल खडक बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए।  साउन १८ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गल्र्समा १४ टिम सहभागी थिए।

 

प्रकाशित: १ भाद्र २०७६ ०६:५९ आइतबार

च्याम्पियन बास्केटबल प्रतियोगिता