खेल

स्वारेजलाई चोट

मड्रिड – एट्लेटिको विलबाओसँगको खेलमा स्ट्राइकर लुइस स्वारेज घाइते भएको बार्सिलोनाले शुक्रबार पुष्टि गरेको छ।   नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रिएको बार्सिलोनाका स्वारेजको दायाँ पिडौंलामा चोट लागेको क्लबले बताएको हो।  सिजनको सुरुआतमा बार्सिलोना स्तब्ध हुँदा स्वारेजको चोट टोलीका लागि थप टाउको दुखाइको विषय भएको छ। 

पहिलो हाफमा घरेलु टोलीविरुद्ध हाबी बार्सिलोना स्वारेज घाइते हुँदै मैदानबाट बाहिरिएपछि कमजोर देखिएको थियो।  प्री सिजनको खेलमा पिडौंलाको चोटले ग्रसित मेसी पहिलो खेलमा अनुपस्थित थिए। 

स्वारेजको चोट कति समयमा निको हुन्छ अन्योल छ।  दायाँ पिडांैलामा समस्या देखिएको छ।  उरुग्वेका स्ट्राइकर स्वारेज मैदानबाट बाहिरिएपछि हालै मात्र क्लबमा अनुबन्धित एन्टोनियो ग्रिजम्यानले मुख्य स्ट्राइकरको भूमिका निर्वाह गरेका थिए।  तर उनको जादु चल्न नसक्दा सिजनको सुरुआतमा नै बार्सिलोना स्तब्ध हुन पुगेको हो।  
मेसीसँगै स्वारेज, ग्रिजम्यान र औसामाने डेम्बेले अग्रतपंक्तिमा खेल्ने भए पनि बार्सिलोनाले पेरिस सेन्ट जर्मन पुगेका नेइमारलाई अनुबन्धित गर्न गृहकार्य गरिरहेको छ।  
 

प्रकाशित: १ भाद्र २०७६ ०६:५४ आइतबार

स्ट्राइकर_लुइस स्वारेज बार्सिलोना