खेल

बडिबिल्डरलाई पाँच लाख

काठमाडौं – पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी ‘प्रथम नेपाल क्लासिक ओपन बडिबिल्डिङ च्याम्पियनसिप २०१९’ आयोजना हुने भएको छ।

हेल्पिङ क्यापको आयोजना, नेप्लिज फेडरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस र ललितपुर डिस्ट्रिक बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको साझेदारीमा भदौ १३ मा प्रिजजिङ राउन्ड ललितपुरको अग्नि पार्टी प्यालेस, कुमारीपाटी र निणार्यक खेल भाद्र १४ गते ललितपुरस्थित हेरिटेज गार्डेन, सानेपामा हुने आयोजक संस्थाका अध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए।

नेपाल क्लासिक बडिविल्डिङ च्यान्पियनसिप २०१९ मा सातै प्रदेशबाट करीब १५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेलाई स्वर्ण पदकसहित ५ लाख, दोस्रो हुनेलाई रजत पदकसहित २ लाख ५० हजार तेस्रो हुनेलाई कांस्य पदकसहित २ लाख रुपियाँ प्रखान गरिनेछ।  चौथोदेखि १०औं सम्मलाई प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरिने महर्जनले जानकारी दिए।

प्रकाशित: ३० श्रावण २०७६ ०२:३५ बिहीबार

पर्यटन_वर्ष बडिबिल्डर