मड्रिड – पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमारको विषयमा छलफल गर्न बार्सिलोनाका पदाधिकारी मंगलबार पेरिसतर्फ प्रस्थान गरेका छन्। पिएसजी छाड्ने मनस्थितिमा रहेका ब्राजिलियन नेइमारलाई बार्सिलोनामा भिœयाउने या नभिœयाउने विषयलाई अन्तिम रूप दिन पदाधिकारी प्रस्थान गरेका हुन्।
पूर्वखेलाडी तथा क्लबका खेलकुद निर्देशक एरिक अविडालसँगै अन्य दुई पदाधिकारी प्रस्थान गरेका हुन्। तीन सदस्यीय टोलीले नेइमारको विषयमा निचोड निकाल्नेछ।
सँगसँगै क्लबले आफ्ना खेलाडी फिलिप कौटिन्हो र इभान राकेटिचको विषयमा छलफल गर्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।
पिएसजीले शनिबार मात्र कीर्तिमानी मूल्यमा अनुबन्ध गराएका ब्राजिलियन स्ट्राइकर नेइमारको ट्रान्सफर अगाडि बढिसकेको बताएको थियो।
शनिबार भएको खेलमा पिएसजीले नेइमारबिना नै लिग वानको सुरुआत गरेको थियो। नयाँ सिजनको सुरुआत गरेको पिएसजीले निमेसलाई ३–० ले पराजित गर्दा लिगमा सुखद सुरुआत भएको छ। पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले शनिबार नेइमारको विषय अगाडि बढिसकेको बताएका थिए। यद्यपि क्लब अनुमति दिन भने तयार नरहेको खेलकुद निर्देशकले बताएका थिए।
पिएसजी छाड्न चाहेका नेइमारको अगामी गन्तव्य रियाल मड्रिड या बार्सिलोना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले छापेका थिए। उनको नयाँ गन्तव्य स्पेनिस क्लब रियाल र बार्सिलोना हुन सक्ने आकडा गरेका थिए। दुई वर्षअगाडि कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गाएका नेइमारले चार वर्षे बार्सिलोना बसाइमा दुई ला लिगाको उपाधि दिलाउँदा एक कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए। पिएसजी छाड्ने मनस्थितिमा रहेका ब्राजिलियन नेइमारलाई बार्सिलोनामा भिœयाउने या नभिœयाउने विषयलाई अन्तिम रूप दिन पदाधिकारी प्रस्थान गरेका हुन्।
प्रकाशित: ३० श्रावण २०७६ ०२:१५ बिहीबार