खेल

बुदोकैदोको छनोट

काठमाडौं – फ्रान्समा कात्तिकमा हुने अन्तर्राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगिताका लागि नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघले ७ खेलाडी छनोट गरेको छ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुष ६५ केजीमुनि नरेन्द्र महर्जन, ७५ केजीमुनि शैलेन्द्र महर्जन, ८५ केजीमुनि वीरचन्द्र नकर्मी र खुलामा वीरेन्द्र श्रेष्ठ छनोट भएको बुदोकैदो संघका अध्यक्ष काजीमान श्रेष्ठले जनाएका छन्।

महिला ६० केजीमुनि रूपा मगर तथा खुलामा शर्मिला महर्जन छानिए। पुरुष ४० वर्षमाथि भेट्रान खुलामा काजीमान श्रेष्ठ छनोट भएको बताइएको छ।

 

प्रकाशित: २८ श्रावण २०७६ ०१:४५ मंगलबार

बुदोकैदो_फुल_कन्ट्याक्ट_कराते प्रतियोगिता