खेल

शारीरिक सुगठनका खेलाडी पुरस्कृत

काठमाडौं – काठमाडौंमै सम्पन्न १२औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदकविजेता नेपाली खेलाडीलाई सोमबार पुरस्कृत गरिएको छ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत रूपमा खेलाडीलाई पूर्वघोषित नगद पुरस्कार प्रदान गरेका हुन्। साउन २ देखि ५ गतेसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले ३ स्वर्ण, ७ रजत र ६ कांस्य जितेका थिए।

स्वर्णलाई ५० हजार, रजतलाई ३० हजार र कांस्यलाई २० हजारका दरले कुल ४ लाख ८० हजार नगद पुरस्कार अध्यक्ष श्रेष्ठले एक कार्यक्रमबीच खेलाडीलाई हस्तान्तरण गरे। प्रतियोगितामा पुरुष ६५ केजीमा समीर श्रेष्ठ, पुरुष एथलेटिक फिजिक १६७ सेन्टिमिटरमाथि नरेश मालाकार र महिला मोडेल फिजिकमा मल्लिका शाक्यले नेपाललाई स्वर्ण दिलाएका थिए।

पुरुष ६० केजीमा कमल भण्डारी, पुरुष ७० केजीमा रमेश कार्की, पुरुष एथलेटिक फिजिक १६७ सेन्टिमिटरसम्म निशान्त प्रधान, पुरुष फिट्नेस फिजिकमा राजु राई, पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरसम्म प्रमोद राई, महिला एथलेटिक फिजिकमा रजनी श्रेष्ठ र महिला मोडेल फिजिकमा पूजा श्रेष्ठले रजत जितेका थिए। त्यस्तै पुरुष ५५ केजीमा किसनदास दिवाकर, ६५ केजीमा प्रज्ज्वलमान शाक्य, ७५ केजीमा अशोक महर्जन, ८५ केजीमा मिलन सिजापति र जुनियर बडीबिल्डिङमा कृष्ण महर्जन तथा महिला एथलेटिक फिजिकमा सुजिता मानन्धरले कांस्य हात पारेका थिए।

प्रकाशित: २८ श्रावण २०७६ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App