खेल

विजय र बलिरामको जोडी च्याम्पियन

काठमाडौं – सशस्त्र प्रहरी बलको एपिएफ क्लबका विजय थापा र बलिराम चौधरीको जोडीले पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन भलिबल क्लबको कोर्टमा शनिबार सम्पन्न फाइनलमा विजय र बलिरामको जोडीले आयोजक ढोरपाटनका मनवीर छन्त्याल र शोभित रानामगरलाई सोझो सेटमा स्तब्ध बनाउँदै उपाधि आफ्नो बनाएको हो।

विजय र बलिरामको जोडीले मनवीर छन्त्याल र शोभित रानामगरको जोडीमाथि २२–२० र २१–१७ को सोझो सेटमा जित निकालेको थियो। उपाधि विजेता एपिएफका विजय थापाले सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि जितेका थिए। यता, उपविजेता टोलीका शोभित रानामगरले भने बेस्ट डिफेन्सको उपाधि आफ्नो बनाए। प्रतियोगिताको

विजेता जोडीले १ लाख र उपविजेता जोडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा बागलुङका प्रकाश बिसी र तिलक कुँवरले बाजी मार्न सफल भए। प्रकाश र तिलकको जोडीले ढोरपाटन ‘बी’ का महेन्द्र शेरचन र हेम छन्त्यालको जोडीलाई २१–१६ र २१–१५ ले हरायो। तेस्रो भएका प्रकाश र तिलकको जोडीले २५ हजार रुपैयाँ प्राप्त ग¥यो। चौथो स्थानमा सीमित महेन्द्र र हेमको जोडीले भने १० हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।

तीनदिने प्रतियोगिताका विजेता जोडीलाई मुख्य प्रायोजक सेब स्कुलका संस्थापक प्रिन्सिपल  युवराज थापा, संस्थापक निर्देशक मधुमाया थापा र आयोजक ढोरपाटन भलिबल क्लबका उपाध्यक्ष किरण घायलले पुरस्कृत गरेका थिए। प्रतियोगितामा ६४ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २६ श्रावण २०७६ ०६:११ आइतबार

ढोरपाटन_भलिबल_क्लब भलिबल_प्रतियोगिता