खेल

साम्भवीलाई दोहोरो उपाधि

काठमाडौं – ब्याडमिन्टन स्कुल स्तरीय च्याम्पियनसिपमा ब्रिटिस स्कुलकी साम्भवी पाल्लकले शुक्रबार दोहोरो उपाधि जित्न सफल भएकी छिन्।   पाल्लक छात्रा यु–१२ र यु–१४ तर्फको स्पर्धामा उपाधि उचाल्न सफल भएकी हुन्। पाल्लकले यु–१२ को फाइनलमा ग्यालेक्सीकी शेरा जे. शेर्पालाई २१–२, २१–७ को सेटमा पराजित गर्दा यु–१४ को फाइनलमा पनि ग्यालेक्सीकै निमा यान्जी शेर्पालाई २१–१०, २१–४ को सोझो सेटमा हराइन्।

काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको छात्र यु–१२ मा भ्याली भ्यु स्कुलका सक्षम ढकाल बौद्ध इन्टरनेसनलका ककेश सत्याललाई २१–१३, २१–५ ले हराउँदै उपाधि जित्न सफल भए। छात्रकै यु–१४ मा क्यारिबियनका डेभिड थापामगर काठमाडौं मेरिडियनका अभियान कश्यपलाई २१–१३, २१–१० ले हराउँदै उपाधि जित्न सफल भए।

सोही अवसरमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक महेन्द्रलाल श्रेष्ठलाई कदरपत्र र नगद १० हजारबाट जिल्ला संघले सम्मान ग¥यो।  यु–१४ तर्पm पहिलो, दोस्रो र तेश्रोले क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार तथा यु–१२ तर्पmका खेलाडीले नगद २०, १५ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २५ श्रावण २०७६ ०२:१८ शनिबार

उपाधि ब्याडमिन्टन_स्कुल_स्तरीय_च्याम्पियनसिप