खेल

अभियान र डेभिड उपाधिनजिक

काठमाडौं – काठमाडौं मेरिडियनका अभियान कश्यप र क्यारिवियनका डेभिड थापामगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुलस्तरीय प्रतियोगिताको उपाधिनजिक पुगेका छन्।

काठमाडांै जिल्ला ब्याडमिन्टन संघको आयोजनामा कीर्तिपुरस्थित अडिटोरियम हलमा भएको च्याम्पियनसिपको छात्र यु–१४ मा अभियानले ग्यालेक्सी स्कुलका निकेश पोखरेललाई २१–१३, २१–१८ ले तथा डेभिडले केएमसीका प्रत्यांकलाई २१–१६, २१–७ ले पराजित गर्दै उपाधिनिकट पुगेका हुन्।

स्कुल टु ओलम्पिक भन्ने नारालाई आत्मसात् गर्दै स्कुलस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको छात्रातर्फ ब्रिटिस स्कुलकी साम्भवी पालक र ग्यालेक्सी स्कुलकी निमायान्जी शेर्पा पनि फाइनल प्रवेश गरेका छन्। पालकले क्यानभासकी इमेक लुना लावतीलाई २१–९, २१–६ ले तथा शेर्पाले पाँगा स्कुलकी सोफिया महर्जनलाई २१–१०, २१–१२ ले पराजित गरे।

यस्तै यु–१२ छात्रतर्फ भ्याली भ्युका सक्षम ढकाल र बुद्ध इन्टरनेसनलका ककेश सत्याल पनि फाइनल प्रवेश गरे। ढकालले लिशा स्कुलका श्रेयास रञ्जितकारलाई २१–१२, २१–८ ले तथा सत्यालले एनएमईका विश्वास बुढाथोकीलाई २१–१३, २१–१६ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। यस्तै छात्रातर्फ ब्रिटिसा स्कुलकी साम्भवी पालक र ग्यालेक्सी स्कुलकी श्रेया जे. शेर्पाले पनि उपाधि भिडन्त गर्ने भएका छन्। पालकले सेन्ट जेभियरका प्रनिषा श्रेष्ठलाई २१–७, २१–४ तथा शेर्पाले केन्द्रीय विद्यालयकी प्रिशा सिंहलाई २१–७ र २१–८ ले पराजित गर्दै उपाधिनिकट पुगेका हुन्।
प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ।

 

प्रकाशित: २४ श्रावण २०७६ ०१:४७ शुक्रबार

अभियान_कश्यप डेभिड_थापामगर उपाधिन ब्याडमिन्टन_च्याम्पियनसिप