खेल

सेब भलिबल आजबाट

काठमाडौं – सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ।

प्रतियोगितामा १ सय १७ टिमको सहभागिता रहने सेबका संस्थापक प्रिन्सिपल युवराज थापा जनाएका छन्। प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार, तेस्रोले २५ हजार र चौथोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए। गत संस्करणभन्दा पुरस्कार राशिमा दोब्बरभन्दा बढीले वृद्धि गरिएको हो। गत संस्करणमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार

नगद पुरस्कार पाएका थिए। प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार खर्च हुने सेबकी संस्थापक निर्देशक मधुमाया थापाले जानकारी दिइन्।
तीनदिने प्रतियोगिताका खेलहरू नयाँ बसपार्कमा हुनेछन्। गत संस्करणको उपाधि आर्मीका दिल सुनार र प्रकाश थापाको जोडीले जितेको थियो।

प्रकाशित: २३ श्रावण २०७६ ०२:४६ बिहीबार

सामाखुसी_इङ्लिस_बोर्डिङ_स्कुल सेब_भलिबल