खेल

साफ यू १५ खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं– भारतमा हुने साफ यू १५ प्रतियाेगिताका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ। भारतको कल्याणीमा २१ अगस्टदेखि ३१ अगस्टसम्म हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले देशभरबाट छानिएका ५२ खेलाडीबाट २३ सदस्यीय टोली घोषणा गरेका हुन्। नेपाली टोलीको सहायक प्रशिक्षकमा राज कुमार केसी र गोलकिपर प्रशिक्षकमा विनोद महर्जन रहेका छन्।
नेपाली टिम
गोलकिपरः
ईश्वर गुरुङ, मनोज दाहाल, जिनियस केसी

डिफेन्डरः प्रज्ञान महर्जन, अविशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बु, रोशन थापा

मिडफिल्डरः जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेस श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

फरवार्डः कृष्ण अधिकारी यादव, कृस सापकोटा, सुगन जिमी, शशांक बोहरा

प्रकाशित: २२ श्रावण २०७६ १०:४४ बुधबार

साफ फुटबल नेपाली_टाेली यू_१५