खेल

हिमालयनलाई स्कोडा अन्तरबैंक फुटसल उपाधि

काठमाडौं– हिमालयन बैंकले शनिबार पहिलो स्कोडा अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा हिमालयन बैंकले ग्लोबल आइएमई बैंकलाई ३–० ले हराउँदै उपाधि जितेको हो। विजेता हिमालयनले नगद १ लाख हात पार्दा उपविजेता ग्लोबल आइएमईले ५० हजार जित्यो । हिमालयनका आँचल खत्री सर्वाेत्कृष्ट खेलाडी भए।

आँचलसँगै प्रतियोगितामा समान ९ गोल गरेका हिमालयन बंैककै विवेक महर्जन र एनआइसी एसिया बैंकका सुरज महर्जन सर्वाधिक गोलकर्ता बन्दा हिमालयनकै सुरज चन्द उत्कृष्ट गोलकिपर घोषित भए। विधागततर्फका विजेताले एक वर्षका लागि निशुल्क स्विमिङ मेम्बरसिप प्राप्त गरेका छन्।

राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगितामा एनआइबिएल, ग्लोबल आइएमई, नबिल, कुमारी, लक्ष्मी, सिद्धार्थ, सिटिजन्स, माछापुच्छ्रे, मेगा,एनआइसी एसिया, एनसिसी, राष्ट्रिय वाणिज्य, सिभिल, प्रभु, सेञ्चुरी, हिमालयन, एनएमबी, नेपाल बंगलादेश, सनराइज र बैंक अफ काठमाडौं गरी २० बैंकको सहभागिता थियो। प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो भने प्रत्येक समूहमा ५ टोली रहेका थिए।

प्रकाशित: १९ श्रावण २०७६ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App