खेल

जुडो टोली चीन जाने

काठमाडौ – प्रोग्राम वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार चीनको झिनहुवा जाने भएको छ।

अगस्ट ३ र ४ तारिखमा हुने प्रतियोगितामा समान १ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। सहभागी खेलाडीमा पुरुष ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठ तथा महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ रहेका छन्। प्रशिक्षकमा सूर्यनारायण श्रेष्ठ छन्।

 

प्रकाशित: १६ श्रावण २०७६ ०२:१७ बिहीबार

वेल्ट_एन्ड_रोड_अन्तर्राष्ट्रिय_जुडो प्रतियोगिता खेलाडी