खेल

आर्चरले डेब्युका लागि कुर्नुपर्ने

बर्मिङ्घम – इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले टेस्ट टोलीबाट डेब्यु गर्न अझै कुर्नुपर्ने भएको छ। इङ्ल्यान्डले बुधबार अस्ट्रेलियाविरुद्धको एसेस शृंखलाअन्तर्गतको पहिलो टेस्टका लागि घोषणाा गरेको टोलीमा आर्चर अटाउन सकेका थिएनन्। पाँच टेस्ट शृंखलाअन्तर्गतको पहिलो टेस्ट बिहिबारबाट इड्गावास्टनमा सुरु हुनेछ।

१४ सदस्यीय प्रारम्भिक टोलीमा साम कुरान र ओली स्टोनसँगै परे पनि उनी पहिलो रोजाइमा भने पर्न सकेनन्। यता कुमको चोटका कारण मैदानबाहिर रहेका इङ्ल्यान्डको टेस्ट क्रिकेटमा सर्वकालीन खेलाडी जेम्स एन्डरसनले अस्ट्रेलियाविरुद्धको खेलसँगै पुनरागमन गर्ने भएका छन्। अस्ट्रेलियाले २००१ पछि इङ्ल्यान्डविरुद्ध अवे टेस्ट शृंखला जित्न सकेको छैन।

 

प्रकाशित: १६ श्रावण २०७६ ०२:१० बिहीबार

इङ्ल्यान्ड जोफ्रा_आर्चर डेब्यु