खेल

श्रेष्ठ उत्कृष्ट रेफ्री

काठमाडौं – नेपालका नवीनकुमार श्रेष्ठ जोर्डनमा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री घोषित भएका छन्। जोर्डनको अम्मानमा गत जुलाई १८ देखि सञ्चालन भएको च्याम्पियनसिपमा नवीनकुमार श्रेष्ठ उत्कृष्ट रेफ्री घोषित भएका हुन्। नेपाल तेक्वान्दो संघको रेफ्री कमिटीका प्रमुखसमेत रहेका नवीनले उक्त

च्याम्पियनसिपमा निर्णय प्रदान गरेका ५० जना रेफ्रीलाई पछि पार्दै उत्कृष्ट भए। उक्त खेलमा उनले ग्यरोगीतर्पm २० भन्दा बढी खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

जसमा उनले उत्कृष्टता प्रदर्शन गर्दा एसियन तेक्वान्दो एसियाका प्रमुख जाई बोङ लीले बेस्ट रेफ्रीको प्रमाणपत्र प्रदान गरेका थिए। राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य सहायक प्रशिक्षक हुन्। नवीनले यसअघि इङ्ल्यान्डको म्यानचेस्टरमा गत मे १५ देखि १९ सम्म सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा पनि ग्यरोगीतर्फ निर्णायकको भूमिका निर्वाह गरेका थिए।

नवीन सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक हुन्। नेपालमा दुई जना मात्र अन्तर्राष्ट्रिय सेकेन्ड क्लास निर्णायक छन्। नेपाल तेक्वान्दो संघका सचिवसमेत रहेका नवीनले आगामी दिनमा पनि आफूले पाएको जिम्मेवारी उत्कृष्ट तवरबाट निर्वाह गर्ने बताए।
 

प्रकाशित: १० श्रावण २०७६ ०२:२६ शुक्रबार

नवीनकुमार रेफ्री तेक्वान्दो_च्याम्पियनसिप