खेल

पदक विजेतालाई सम्मानित गरिने

काठमाडौं – गत शनिबार घरेलु मैदानमा सम्पन्न दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोटर््स च्याम्पियनसिपमा पदकविजेता खेलाडीहरूलाई सम्मानित गरिने भएको छ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत रूपमा उक्त खेलमा पदक विजेता खेलाडीलाई सम्मान गर्न लागेका हुन्। संघले बुधबार विज्ञप्ति जारी गर्दै आफ्ना अध्यक्षको तर्पmबाट नगद सम्मान प्रदान गर्ने जनाएको हो। उक्त च्याम्पियनसिपमा स्वर्ण विजेताले नगद ५० हजार, रजत विजेताले नगद ३० हजार र कांस्य विजेताले नगद २० हजार प्राप्त गर्नेछन्।

नेपालबाट सहभागी २३ खेलाडीमध्ये च्याम्पियनसिपमा घरेलु टोलीले कुल १६ पदक जितेको थियो। समग्रमा भारतलाई पनि पछि पारेको नेपालले ३ स्वर्ण, ७ रजत र ६ कांस्य जितेको थियो। टिम च्याम्पियन भने अफगानिस्तान रह्यो। यही प्रतियोगितामा स्वर्ण पदक विजेता तीन खेलाडीलाई थाइल्यान्डमा साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने एसियन प्यासिफिक च्याम्पियनमा सहभागिता गराउने निर्णय गरेको संघले जनाएको छ।

उक्त च्याम्पियनसिपमा नेपालका समीर श्रेष्ठले सिनियर ६५ केजीको शारीरिक सुगठनमा स्वर्ण हात पारेका थिए। नरेश मुनिकारले १ सय ६७ सेमिमाथिको पुरुष एथलेटिक्स फिजिकमा र मल्लिका शाक्यले महिला मोडल फिजिकमा नेपाललाई स्वर्ण दिलाएका थिए। यी तीनैले सोही विधामा स्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए।

आगामी भदौ २६ देखि १ असोजसम्म चीनमा हुने ५३औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोटर््स च्याम्पियनसिपमा नेपालको शारीरिक सुगठनमा तीन खेलाडी, पुरुष स्पोटर््स तथा महिला एथलेटिक्स फिजिक्समा चार खेलाडी र पुरुष एथलेटिक्स फिजिक्समा २ खेलाडीलाई सहभागी गराउने निर्णय भएको संघले जनाएको छ। अफिसियलमा २ र निर्णायकमा २ गरी उक्त च्याम्पियनसिपमा नेपालका १३ जनाको सहभागिता रहने भएको छ।  

कायस्थ र राजभण्डारी उपाध्यक्षमा चयन
नेपाल शारीरिक सुगठनका उपाध्यक्षद्वय विजयलाल कायस्थ र दिनेश राजभण्डारी दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोटर््स महासंघको उपाध्यक्षमा चयन भएका छन्।

काठमाडौंमा हालै सम्पन्न दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोटर््स च्याम्पियनसिपका दौरान भएको महासंघको बैठकले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका प्रथम उपाध्यक्ष कायस्थ तथा उपाध्यक्ष राजभण्डारीलाई महासंघको उपाध्यक्षमा चयन गरेको संघको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ श्रावण २०७६ ०२:४४ बिहीबार

पदक_विजेता दक्षिण_एसियाली_शारीरिक_सुगठन