खेल

स्टोक्सलाई न्युजिल्यान्डमा पुरस्कार

बेन स्टाेक्स ।

विलिङ्टन (एपी)– अलराउन्डर बेन स्टोक्सको प्रदर्शनबाट घरेलु टोली इङ्ल्यान्डले फाइनलमा न्युजिल्यान्डमाथि नाटकीय जित निकाल्दै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको थियो।

सोही प्रदर्शनका कारण उनी फाइनल अफ दी म्याचसमेत घोषित भएका थिए। उनै स्टोक्स न्युजिल्यान्डमा सम्मानका लागि मनोनित भएका छन्। स्टोक्ससँगै न्युजिल्यान्डका कप्तान केन विलियम्सन पनि न्युजिल्यान्डर अफ दी इयरको पुरस्कारका लागि मनोनित भएका छन्। स्टोक्सले ८५ रनको इनिङ खेल्दा इङ्ल्यान्डले न्युजिल्यान्डको २४१–८ रनको योगफल बराबरी गरेको थियो। जसका कारण खेल सुपर ओभरतर्फ धकेलियो।

बेन स्टोकको परिवार न्युजिल्यान्डको क्राइस्ट चर्चमा बस्ने गरे पनि उनी भने इङ्ल्यान्डमै बस्ने गर्छन्।

सुपर ओभरमा पनि स्टोक्सले यादगार प्रदर्शन गर्दा यस पटक पनि योगफल बराबरी भएपछि बाउन्ड्रीका आधार घरेलु टोली उपाधि जित्न सफल भयो। उनै स्टोक्स न्युजिल्यान्डमा जन्मिएका थिए। उनी १२ वर्षको हुँदा उनको परिवार इङ्ल्यान्ड गएको थियो। स्टोक्सका पिता जेरार्ड भने न्युजिल्यान्डमा रग्बीका खेलाडी थिए। पछि जेरार्ड इङ्ल्यान्डमा रग्बीका प्रशिक्षकसमेत भए। तर, उनको परिवार न्युजिल्यान्डको क्राइस्ट चर्चमा बस्ने गरे पनि स्टोक्स भने इङ्ल्यान्डमै बस्ने गर्छन्।

न्युजिल्यान्डर अफ दी एयरका प्रमुख छनोटकर्ता क्यामरुन बेनेटले भने, ‘स्टोक्सले ब्ल्याक क्याप्सका लागि नखेले पनि उनी क्राइस्टचर्चमा जन्मिएका हुन्। जहाँ अझै पनि उनको परिवार रहन्छन्। अझै पनि केही किविजहरूले स्टोक्सलाई न्युजिल्यान्डमा बोलाउनुपर्ने आवाज उठाइरहेका छन्। त्यसैले उनलाई पनि न्युजिल्यान्डरमा समावेश गरेका हौं।’

प्रकाशित: ५ श्रावण २०७६ ०५:५० आइतबार

बेन_स्टोक न्युजिल्यान्ड इङ्ल्यान्ड