खेल

सिन क्योकुसिनद्वारा खेलाडी सम्मान

काठमाडौं (नागरिक)– सिन क्योकुसिन कराते संघले गुरुपूर्णिमाका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ।

कीर्तिपुरमा आयोजित कार्यक्रममा खेलाडीहरूलाई पूर्व युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर र संघका ब्रान्ड चिफ सूर्य बुढाथोकीलगायतले सम्मान गरेका थिए। कार्यक्रममा ४०  खेलाडीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा गुरुपूजा पनि धुमधामले मनाइएको थियो। गुरुपूजामा संघका पदाधिकारी, प्रशिक्षक, डोजाङ प्रमुख र खेलाडीको उलेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सिन क्योकुसिन करातेका ब्रान्ड चिफ सूर्यबहादुर बुढाथोकी, वरिष्ठ उपाध्यक्ष कृष्णचन्द्र बानियाँलगायतले शुभकामना व्यक्त गरेका थिए।
 

प्रकाशित: १ श्रावण २०७६ ०६:०५ बुधबार

कराते_संघ पदक_विजेता खेलाडीलाई_सम्मान