खेल

दक्षिण एसियाली शारीरिक सुगठनको तयारी पूरा

काठमाडौं – आगामी शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा १ सय ३० जनाले सहभागिता जनाउने भएका छन्।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तत्वावधान तथा दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा हुन लागेको प्रतियोगिता नेपालमा तेस्रो पटक हुन लागेको हो।

नेपालमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। भ्रमण वर्ष २०२० लाई समेत सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विश्व तथा एसियाली शारीरिक सुगठन महासंघका अध्यक्ष दातुक पाउल चुवासहित ४ थाई निर्णायकहरू आउनेछन्।

कुल १ सय ३० ले सहभागिता जनाउने प्रतियोगितामा नेपालबाट जुनियर शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोटर््स फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी जम्मा १८ विधामा २३ खेलाडी र ५ अफिसियल गरी २८ जनाको सहभागिता रहनेछ।  यस खेलको अनुमानित खर्च करिब १ करोड ३६ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ।
 
 

प्रकाशित: ३० असार २०७६ ०५:४२ सोमबार

शारीरिक_सुगठन फिटनेस_संघ