खेल

ट्रम्पको निम्तो अस्वीकार

मेघन रापिनोई ।

वासिङ्टन– अमेरिकाकी स्ट्राइकर मेघन रापिनोईले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला विश्वकप विजेता टोलीलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिए पनि  आफूहरू त्यो निम्तो स्वीकार गर्ने पक्षमा नरहेको बताएकी छिन्।

‘म जान्नँ र अन्य टोली सदस्यहरूसँग छलफल गर्दा उनीहरूले पनि नजाने संकेत गरेका छन्,’ रापिनोईले भनिन्, ‘खेलाडीले मिहिनेत गर्दा अमेरिका महिला विश्वकप विजेता बनेको हो। त्यसैले राष्ट्रपति वा अन्य कुनै पनि पदाधिकारी, समर्थकले हाम्रो आलोचना गर्न व्यर्थ छ। हामीले राष्ट्रका लागि खेलेका हांै। कुनै पद वा सम्मानका लागि होइन।’

अमेरिकाले आइतबार नेदरल्यान्ड्सलाई २–० ले निराश पार्दै विश्वविजेता बनेको थियो। त्यस क्रममा रापिनोईले पेनाल्टीमा एक गोल गरेकी थिइन् भने रोज लाभेलीले एक गोल गरेकी थिइन्।

‘मेघनले कहिले पनि राष्ट्र राष्ट्रिय झन्डाको अपमान गर्न हुँदैन। हामीले खेलाडीको हक र हितका लागि धेरै लगानी गरेका छांै ,’ फ्रान्समा विश्वकप जारी रहँदा ट्रम्पले ट्विट गरेका थिए।

प्रकाशित: २६ असार २०७६ ०५:४५ बिहीबार

अमेरिकाकी_स्ट्राइकर मेघन_रापिनोई डोनाल्ड_ट्रम्प अस्वीकार