खेल

न्युजिल्याण्ड टस जितेर ब्याटिङमा

काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमीफाइनलमा न्युजिल्याण्डले भारतविरुद्ध ब्याटिङ रोजेको छ। म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर न्युजिल्याण्डले पहिला व्याटिङ गर्ने निर्णय गरेको हो। 

न्युजिल्याण्ड पाकिस्तानलाई रनरेटका आधारमा पछि पार्दै सेमीफाइनल प्रवेश गरेको थियो भने बंगलादेशलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको भारतले अन्तिम खेलमा श्रीलंकालाई हराउँदै सेमीफाइनलमा न्युजिल्याण्ड प्रतिद्वन्द्वी पाएको थियो। 

न्युजिल्याण्डको कप्तानी केन विलियम्सले गरेका छन भने भारतको कप्तानी विराट कोहलीले गर्दैछन्।  

प्रकाशित: २४ असार २०७६ ०९:१५ मंगलबार

एकदिवसीय_विश्वकप न्युजिल्याण्ड भारत