खेल

नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

काठमाडौँ – नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मलेसियालाई पराजित गर्दै नेपाल रिजन क्रिकेटको  फाइनलमा प्रवेश गरेको हो ।  मलेसियालाई नेपालले ७ विकेटले पराजित गर्दैफाइनलको ढोका  खोलेको हो।

८८ रनको झिनो लक्ष्य पाएको नेपालले तीन विकेट गुमाएर मात्र १५.५  ओभरमा लक्ष्य पूरा गर्न सफल भयो। नेपालको जितमा भीम शार्कीले ३३, कप्तान रोहित कुमार पौडेलले ३१ र पवन सर्राफले १८ रनको योगदान दिए। यसअघि मलेसियालाई नेपालले ४०.५ ओभरमा अलआउट गरेको थियो ।अब नेपालले फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।

 

प्रकाशित: २३ असार २०७६ ०६:२५ सोमबार

फाइनल एसीसी_यू–१९_इस्टर्न_रिजन_क्रिकेट