खेल

दुवै टाेली सुखद अन्त्यको खोजीमा

लिड्स – लिग चरणको अन्तिम खेलमा बिहीबार तालिकाको पुछारमा रहेका अफगानिस्तान र वेस्ट इन्डिज आमनासामने हुँदा दुबै टोली सुखद अन्त्यको खोजीमा हुनेछन्। सेमिफाइनल होडबाट बाहिरिएका दुबै टोलीका लागि यो प्रतिष्ठाको लडाई हुनेछ।

अंकविहीन अफगानिस्तान वेस्ट इन्डिजविरुद्ध खाता खोल्दै इङ्ल्यान्ड विश्वकप अन्त्य गर्न सोचमा छ। तालिकाको पुछारमा रहेको अफगानिस्तान यस अघिका सबै खेलमा स्तब्ध भएको थियो। भारत र पाकिस्तानसँग प्रतिस्पर्धात्मक खेल खेले पनि पराजित भएको एसोसिएट राष्ट्र अफगानिस्तान वेस्ट इन्डिजविरुद्ध आक्रामकसहित जितको खोजीमा मैदान उत्रिनेछ।

बलिङ सन्तुलित भए पनि ब्याटिङमा असफल देखिएको अफगान टोली बिहीबार वेस्ट इन्डिजविरुद्ध त्यो गल्तीलाई सच्याउँदै मैदान उत्रिनेछ। मनोवैज्ञानिक हिसाबले कमजोर देखिएको अफगानलाई बिहीबार सुखद नतिजा अपरिहार्य हुनेछ। सुखद अन्त्य गर्न अफगानका ओपनर रहमत साह, गुलबदिन नेइब, अस्घर अफगान, नाजिबउल्लाह जर्दान वेस्ट इन्डिज टोलीका बलरसामु संयमित भएर खेल्नेछन्।

अघिल्ला खेलमा मध्यम प्रदर्शन गरेको यी ब्याट्सम्यालाई राम्रो प्रदर्शन गर्नुको विकल्प हुनेछैन। किनभने अफगानी टोली सुखद नतिजाको भोको छ। तर, अफगानी टोलीलाई क्यारेबियन बादशाह सामना गर्नु त्यति सहजै छैन। सेल्डन कोटे«ल, केइमार रोच र जसन होल्डर जस्ता बलरको सामना गर्नु अफगानिस्तानलाई निकै चुनौतीपूर्ण हुनेछ।

अघिल्ला खेलमा यी बलरले बलिया प्रतिद्वन्द्वविरुद्ध सानदार प्रदर्शन गरेका छन्। जितविहीन अफगानिस्ताविरुद्ध उनीहरू खुलेर खेल्नेछन्। तुलनात्मक हिसाबमा केही बलियो देखिएको इन्डिज टोली अफगानिस्तानविरुद्ध हाबी हुन पनि सक्दछ। त्यसैले अफगानिस्तानलाई दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै अंक खोस्नु निकै चुनौतीपूर्ण हुनेछ।
यस्तै क्यारेबियन बादशाह पनि सुखद अन्त्यको खोजीमा मैदान उत्रिनेछ। अपेक्षा गरिएका ब्याट्सम्यान अघिल्ला खेलमा राम्रो चल्न नसक्दा पराजित भएको वेस्ट इन्डिज अफगानिस्तानविरुद्ध हाबी हुनेछन्। एसोसिएट राष्ट्र भएकाले पनि इन्डिज सुखद नतिजा निकाल्नेमा बढी आशावादी छ। क्रिस गेल अफगानिस्ताविरुद्ध अघिल्ला खेलमा गरेको प्रदर्शनलाई सच्याउने सोचमा हुनेछन्।

गेलका अलावा कप्तान जेसन होल्डर, फाबियन एलेन र निकोलस पुरन पनि संयमित हुँदै अफगानिस्ताविरुद्ध राम्रो खेल्ने लक्ष्यमा हुनेछन्। तर पाकिस्तान, भारत, अस्टे«लिया, दक्षिण अफ्रिका र श्रीलंका जस्ता कठिन प्रतिद्वन्द्वीविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको अफगानिस्तानको बलिङ पक्षलाई कमजोर आंकलन गर्नु वेस्ट इन्डिज टोलीको भूल हुनेछन्।

त्यसैले पछिल्लो समय खराब नतिजाबाट गुज्रिएको वेस्ट इन्डिज अफगानिस्तानविरुद्ध संयमित भएर खेल्ने छन्। वेस्ट इन्डिजले आठ खेलमध्ये एक खेलमा मात्र जित निकाल्दा ६ खेलमा प्रतिद्वन्द्वीलाई नतिजा सुम्पिएको छ। एक खेलमा भने वर्षाका कारण अंक बाँडेको छ। वेस्ट इन्डिजले दोस्रो खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै जित निकाल्न सफल भएको थियो भने दक्षिण अफ्रिकासँग अंक बाँडेको थियो।

प्रकाशित: १९ असार २०७६ ०२:०१ बिहीबार

लिग_चरण वेस्ट_इन्डिज सेमिफाइनल