खेल

अफगानिस्तान टस जितेर ब्याटिङमा

लण्डन– एकदिवसीय विश्वकपको आजको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ। जारी प्रतियोगितामा ७ खेल खेलेको अफगानिस्तानले जित निकाल्न सकेको छैन। त्यस्तै ७ खेल नै खेलेको पाकिस्तानले ३ जित निकालेकाे छ। पाकिस्तान आजको खेलमा जित निकाल्दै सेमीफाइनलको यात्रा तय गर्न चाहन्छ भने अफगानिस्तानका लागि यो खेल प्रतिस्ठाका लागि हुनेछ।

अफगानिस्तानका युवा बलर मुजिब उर रहमान महत्वपूर्ण बन्न सक्छन्। उनले आफ्नो जादुमयी स्पिन बलिङबाट यस विश्वकपमा विपक्षी टोलीका क्रिकेटरलाई  निकै समस्या पैदा गर्दै आइरहेका छन्। जारी विश्वकपमा अफगानिस्तानले सात खेल पूरा गर्दा मुजिबले ५ खेलमा मात्र अवसर पाए। यस क्रममा उनले चार विकेटसमेत निकालेका छन्। गत बंगलादेशविरुद्धको खेलमा भने उनको प्रदर्शन उत्कृष्ट रह्यो।

यता पाकिस्तानका युवा बलर साहिन साह अफ्रिदीकाे भूमिका पनि महत्वपूर्ण बन्न सक्छ। यद्यपि, जारी विश्वकपमा उनले निकै कम अवसर पाए। पाकिस्तानले यस विश्वकपमा सातौं खेल पूरा गर्दा अफ्रिदीले तीन खेलमा मात्र अवसर पाएका छन्। तर, जे जतिमा उनले अवसर पाए, त्यसमा आफूलाई प्रमाणित गर्न सफल भए।

प्रकाशित: १४ असार २०७६ ०९:२८ शनिबार

एकदिवसीय_विश्वकप पाकिस्तान अफगानिस्तान