खेल

भारतद्वारा वेष्ट इण्डिजसामु २६९ रनको लक्ष्य प्रस्तुत, धोनीको अर्धशतक

काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतले वेष्ट इण्डिजसामु २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इंग्ल्याण्डको वल्ड ट्राफफोर्ड मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनायो। भारतका लागि कप्तान विराट कोहली र पूर्वकप्तान महेन्द्रसिंह धोनीले अर्धशतक पुरा गरे। कोहलीले ८ चौकाको मद्दतमा ७२ रन बनाउँदा धोनीले २ छक्का र ३ चौका मद्दतमा ५६ रनमा अविजित रहे। 

केएल राहुलले ६ चौकाको मद्दतमा ४८ रन बनाउँदा हार्दिक पाण्ड्याले ५ चौकासहित ४६ रन जोडे। रोहित शर्मा १८ र विजय शंकरले १४ रन बनाए। 

बलिङतर्फ केमर रोचले १० ओभरमा ३६ रन खर्चिदै ३ विकेट लिए। सेल्डन कोट्रेल र जसन होल्डरले समान २÷२ विकेट लिए।  

प्रकाशित: १२ असार २०७६ १३:२७ बिहीबार

एकदिवसीय_विश्वकप भारत वेष्ट_इण्डिज