खेल

सुदूरपश्चिम र एपिएफ फाइनलमा

सुदूरपश्चिम टोली

महेन्द्रनगर – चौथो प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब पुगेका छन्।

कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र प्रदेश २ बीच तय भएको थियो। वर्षाले भिजेको मैदान नसुकेपछि खेल रद्द हुँदा समूहविजेता रहेको टोली सुदूरपश्चिम उपाधिनजिक पुगेको हो।

सुदूरपश्चिम समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो। महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टोलीको सहभागिता रहेको छ।

यसै गरी दोस्रो खेलमा एपिएफले  प्रदेश १ लाई पराजित गरेको छ। वर्षाका कारण एपिएफले टस जितेर पहिले ब्याटिङ गर्दै आठ ओभरमा एक विकेट गुमाएर ४८ रन बनाउँदा वर्षा वाधक भयो। डकवर्थ लुइस पद्धतिका आधारमा प्रदेश १ लाई ५ ओभरमा ४६ रनको लक्ष्य दिइयो। तर उसले निर्धारित ओभरमा ५ विकट गुमाउँदै ४१ रनमा सीमित भयो। फाइनल आज हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपियाँ पाउनेछन्।

प्रकाशित: ११ असार २०७६ ०६:५३ बुधबार

प्रधानमन्त्री_कप टी–२०_महिला क्रिकेट_प्रतियोगिता फाइनल