खेल

भारत टस जितेर ब्याटिङ गर्दै

लण्डन– एकदिवसिय विश्वकपको आजको पहिलाे खेलमा भारतले अफगानिस्तान विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।  आजै हुने अर्को खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

बलिङ र ब्याटिङ दुवै पक्षमा बलियो मानिएको भारत हालसम्म जितविहीन रहेको अफगानिस्तानविरुद्ध सहज जितको खोजिमा रहनेछ। उता सम्पन्न सबै खेलमा पराजय भोगेको अफगानिस्तान पनि सम्मानजनक नतिजाको खोजिमा हुनेछ। शनिबार भारत अफगानिस्तासँग मैदान उत्रिदा ट्वान्टी–२० वरीयताको शीर्ष स्थानमा रहेका बलर रासिद खानसँग सजक हुनेछ।

यद्यपि पछिल्लो खेलमा इङ्ल्यान्डविरुद्ध किफायती बलिङ गर्न नसक्दा उनी निकै आलोचित भइरहेका छन्। इन्डियन प्रिमियर लिग (आइपिएल)मा प्रभावशाली खेल प्रर्दशन गर्दै भारतीय खेलाडीलाई नजिकबाट नियाल्ने  मौका पाएका रासिदलाई शनिबारको खेल आलोचना चिर्ने मौका पनि हुनेछ। किन की, रासिदले भारतीय ब्याट्सम्यान र उनीहरूको ब्याटिङ शैलीलाई प्रतिष्ठित प्रतियोगिता आइपिएलमा नजिकबाट नियाल्ने मौका पाएका छन्। 

प्रकाशित: ७ असार २०७६ ०९:२९ शनिबार

एकदिवसीय_विश्वकप भारत अफगानिस्तान